
काठमाडौँ, २६ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै छ ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १४ लाख ७९ हजार ६५७ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) छ लाख २३ हजार ९७३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले एक लाख ५६ हजार ९८२ मत पाएको छ ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ९९ हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ९७ हजार ५२८, विवेकशील साझाले ९५ हजार ४०८, नयाँ शक्ति पार्टी नेपालले ४८ हजार ३०१, राप्रपा (प्रजातान्त्रिक) ले ३२ हजार ७०० र राष्ट्रिय जनमोर्चाले ३१ हजार ५८२ मत ल्याएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?