
राष्ट्रिय सभागृहमा सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना गर्दै निर्वाचन आयोगका प्रतिनिधिहरु । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, २५ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ ।
निर्वाचन आयोगको राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले छ लाख सात हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) दुई लाख ७८ हजार २२६ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवदेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा (प्रजातान्त्रिक) ले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएको छ ।
समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको आयोगले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा