
राष्ट्रपति विद्यादेवी भण्डारीसंग हाल नेपाल भ्रमणमा रहनुभएका म्यानमारको रक्षा सेवा प्रमुख वरिष्ठ जर्नेल आङ्ग ल्याङ्गले राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुहुँदै । तस्वीर- राष्ट्रपतिको कार्यालय
काठमाडौँ, २५ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका म्यानमारका सेना प्रमुख मिन आङ ल्याङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा नेपाल र म्यानमारबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उहाँहरुबीच नेपाली सेना र म्यानमार सेनाबीच सहयोग र सम्बन्धका विषयमा समेत छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत, म्यानमार सेनाका पदाधिकारीहरु र राष्ट्रपति कार्यालयका उच्च्पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

बालुवाटार सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गर्नुहुँदै म्यानमारका प्रधान सेनापति । तस्बिर- रोशन सापकोटा, रासस
यसैबीच, म्यानमारका सेना प्रमुख ल्याङ्गसहितको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग उहाँको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ ।
उहाँहरुबीच पनि आपसी हित, द्विपक्षीय सहयोग र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा