
राष्ट्रपति विद्यादेवी भण्डारीसंग हाल नेपाल भ्रमणमा रहनुभएका म्यानमारको रक्षा सेवा प्रमुख वरिष्ठ जर्नेल आङ्ग ल्याङ्गले राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुहुँदै । तस्वीर- राष्ट्रपतिको कार्यालय
काठमाडौँ, २५ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका म्यानमारका सेना प्रमुख मिन आङ ल्याङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा नेपाल र म्यानमारबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उहाँहरुबीच नेपाली सेना र म्यानमार सेनाबीच सहयोग र सम्बन्धका विषयमा समेत छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत, म्यानमार सेनाका पदाधिकारीहरु र राष्ट्रपति कार्यालयका उच्च्पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

बालुवाटार सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गर्नुहुँदै म्यानमारका प्रधान सेनापति । तस्बिर- रोशन सापकोटा, रासस
यसैबीच, म्यानमारका सेना प्रमुख ल्याङ्गसहितको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग उहाँको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ ।
उहाँहरुबीच पनि आपसी हित, द्विपक्षीय सहयोग र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान