काठमाडौँ, २४ मंसिर – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८।६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत र दोस्रो चरणको निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको थियो । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा भएको निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदातामध्ये २० लाख ७२ हजार ६५७ मतदाताले मतदान गर्नुभएको थियो ।
यसैगरी, दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा भएको निर्वाचनमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातामध्ये ८५ लाख १४ हजार ८६४ मतदाताले मतदान गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका ९८ र प्रदेशसभाका २०९ क्षेत्रको मतगणना सम्पन्न
यसैगरी, आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको जनाएको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा तीन महिलासहित ९८ र प्रदेशसभा सदस्यतर्फ १० महिलासहित २०९ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६६ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये १४३ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक