
लन्डन । आइतबार बेलायतभर हिमपात भएको छ । स्कटल्याण्डका केही भाग, नर्दन इंग्ल्याण्ड र नर्दन आयरल्याण्डमा भारी हिमपात भएको खबर छ । वेल्स तथा मध्य इंग्ल्याण्डमा २० सेन्टिमिटरसम्म र आयरल्याण्डमा १२ इन्च हिउं परेको मौसमविदहरुले जनाएका छन् । यो अवस्था आइतबार रातीसम्म जारी रहने भविष्यवाणी मौसमविदहरुको छ । वेल्समा २८ सेन्टिमिटर (११ इन्च) हिउं परेको जनाइएको छ ।
हिउंका कारण बर्मिंगहम, लुटन र स्टयानस्टेड विमानस्थलबाट हवाइ उडान नै स्थगित भए । वेल्स, मिडल्याण्डस र नर्दन तथा पूर्वी इंग्ल्याण्डका सडकहरु प्रभावित भएको बेलायती अखबार ‘दि गार्डियन’ ले जनाएको छ ।
बाक्लो हिउंका कारण लेस्टरसायर, वोरसेस्टरसायर र बेडफोर्डसायरमा सवारी आवगमन अवरुद्ध भयो भने बर्मिंगहम सिटी सेन्टर हिउंले ढाकियो । लेस्टरसायर एमवानको नर्थबाउण्ड बन्द नै गरिएको मेट अफिसले जनाएको छ ।
वेल्सको एली, स्वान्सी र कार्डिफमा हिउंका कारण बाढी आएको जनाइएको छ । बेलायतको ब्रेकन नजिक सेन्नीब्रीजमा ११ इन्च हिउं ढाकिएको मेट्रो दैनिकमा खबर छ । कतिपय शहरमा बस र रेल सेवा प्रभावित भएको बताइएको छ । अक्सफोर्डसायरको बिस्टर टाउनमा लोड सेडिंग भएको समाचारमा उल्लेख छ ।
तलका तीन तस्विर- शिव भण्डारी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित