भद्रपुर, २४ मंसिर – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय, भद्रपुरले जनाएको छ ।
यसैगरी, झापा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पवित्रा निरौला (खरेल) ४५ हजार ८१७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गर्नुभयो ।
प्रदेशसभाअन्तर्गत क्षेत्र नं ५ (क) मा वाम गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत प्राप्त गरी विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनिलकुमार प्रसाईंले १८ हजार ६३६ मत प्राप्त गरी गर्नुभयो ।
प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका अर्जुन राईले ३० हजार ९७३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनकुमार ढुंगानाले १० हजार ९९३ मत प्राप्त गर्नुभयो ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा