डडेल्धुरा, २४ मंसिर – डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित हुनुभएको हो । माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित हुनुभएको हो । प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिनुभएको थियो ।
देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आउनुभएको छ । डडेल्धुरामा उहाँले अहिले छैटौँ पटक चुनाव जित्नुभएको हो । उहाँले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जित्नुभएको थियो ।
यसैगरी प्रदेशसभामा डडेल्धुरा प्रदेश नं १ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएर पराजय भोग्नुपरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान