
एमाले नेता माधव कुमार नेपाल काठमार्डौ क्षेत्र नं दुई बाट प्रतिनिधिसभामा विजयी भएपछि अभिवादन गर्नुहुँदै । तस्वीर – रोशन अधिकारी, रासस
काठमाडौँ, २३ मंसिर (रासस) – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफूहरुले नेपाली काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।
काँग्रेसको चिन्तन पुरानो भइसकेको र जनताले परिवर्तन चाहेकाले वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेको उहाँले बताउनुभयो । देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै युवा उद्यमशीलताका कार्यक्रममार्फत मुलुकमा रोजगार वृद्धि गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकले खोजेको समृद्धिका लागि विकासका ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती