
एमाले नेता माधव कुमार नेपाल काठमार्डौ क्षेत्र नं दुई बाट प्रतिनिधिसभामा विजयी भएपछि अभिवादन गर्नुहुँदै । तस्वीर – रोशन अधिकारी, रासस
काठमाडौँ, २३ मंसिर (रासस) – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा संक्रमणकालीन समयको चाँडो अन्त्य भई अब देश नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफूहरुले नेपाली काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।
काँग्रेसको चिन्तन पुरानो भइसकेको र जनताले परिवर्तन चाहेकाले वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेको उहाँले बताउनुभयो । देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै युवा उद्यमशीलताका कार्यक्रममार्फत मुलुकमा रोजगार वृद्धि गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकले खोजेको समृद्धिका लागि विकासका ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता