काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । शनिबार सम्पन्न मतगणनामा खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेर ५ औं पटक विजयी भएका हुन् । खनाल २०४८ यताका निर्वाचनमा २०५६ बाहेक सबैमा विजयी भएका छन् ।
खनालका प्रतिष्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ।
कमल थापा पराजित
उता, मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउंदै एमाले उम्मेदवार कृष्ण दाहाल चिर्वाचित भएका छन् । दाहालको मकवानपुरबाट यो तेश्रो जित हो ।
अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् ।
उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक २०५१ मा मकवानपुरबाट निर्वाचित सांसद भएका थिए । त्यसयता उनी लगातार पराजित छन् । उनी पछिल्लो संविधान सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएका थिए ।
त्यस्तै क्षेत्र नं. १ प्रदेश ‘ख’ तर्फ एमालेका काजिमान कागते विजयी भएका छन् । उनले १७ हजार ८ सय ९६ मत प्राप्त गरे । दोस्रो भएका कांग्रेसका दुर्गा बरालले १० हजार ३१ मत पाएका छन् ।
पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का पराजित
सुर्खेतको क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का पराजित भएका छन् । उनलाई पराजित गर्दै एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी भएका हुन् । शाहीले ३६ हजार ७ सय ५९ मत पाएका छन् भने खड्काले ३३ हजार ३ सय ७७ मतमात्र पाए ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते