गोरखा मंसिर २४ – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गर्नुभयो ।
यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभएको छ । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित हुनुभएको थियो । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा२ चर्चामा थियो र छ ।
माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी हुनुभएको छ । डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

गोरखा–२ बाट प्रतिनिधिसभामा निर्वाचित नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई प्रमाणपत्र ग्रहणपछि बोल्दै । साथमा गोरखा २ प्रदेशसभा (क) मा निर्वाचित नयाँ शक्तिका नेता हरिशरण आचार्य र प्रदेश(ख)मा निर्वाचित काँग्रेसका नेता प्रकाशचन्द्र दवाडी । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस
चीनकाजीलाई हराए हरिराजले
गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएको केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा (माओवादी केन्द्र)का नेता हरिराज अधिकारीले पराजित गर्नुभएको छ । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गर्नुभएको छ ।
अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । यहाँ चार हजार ३३५ मत बदर भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त