
प्रधानमन्त्री शेरबहादुर देउवा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २३ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अकूत र गैरकानुनी रुपमा आर्जित सम्पति अर्को मुलुकमा समेत राखिने प्रवृत्ति देखिएकाले यसको नियन्त्रणका लागि सबै मुलुकको सहकार्यको खाँचो औंल्याउनुभएको हो ।
उहाँले नेपाललाई भ्रष्टाचारविरुद्ध शून्य सहनशील मुलुकमध्येमा पार्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै भ्रष्टाचारको नियन्त्रण र कारबाहीका लागि आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ, यसको कार्यान्वयन गरी समाजमा सदाचार स्थापनाका लागि सबैको सहयोग आवश्यक छ । यसका लागि विद्यमान कानूनमा आवश्यक पुनरावलोकनका लागि पनि हामी प्रयत्नशील छौँ ।’
आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सरकारी सम्पतिको हानी नोक्सानी र दोहनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार बढेमा विकास र समृद्धिमा प्रतिकूल असर पर्ने बताउनुभयो ।
उहाँले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी बनाइने नीति र कानून पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुने भन्दै निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार मानव व्यवहारबाट सिर्जित कुकार्य भएकाले सबै पक्षबाट सर्वोपरीरुपमा लागेमा यसको नियन्त्रण सम्भव भएको उल्लेख गर्नुभयो ।
आयोगका सचिव राजन खनालले भ्रष्टाचारबाट आर्जित रकमले विश्वमा आतंककारी क्रियाकलाप समेत भइरहेकाले आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक रणनीति बमोजिम सुशासन गराउने कार्य गर्दैआएको बताउनुभयो ।
नेपाल, सन् २००३ मा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रभएदेखि हरेक डिसेम्बर ९ मा यो दिवस मनाउँदै आएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने