काठमाडौं । आशा गरिएका शीर्षस्थ नेताहरु यसपटकको निर्वाचनमा पराजित भएका छन् । प्राप्त विवरण अनुसार, मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।
पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।
उता, काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले १३ हजार ३ सय ०७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए ।
ताप्लेजुङबाट योगेश भट्टराई
एमाले नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले २९ हजार ४ सय ७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार केशवप्रसाद दाहाललाई पछि पार्दै भट्टराई विजयी भएका हुन् । दाहालले १६ हजार ८ सय ८८ मत पाएका छन् ।
प्रकाशमान सिंह विजयी, रबीन्द्र मिश्र पराजित
बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रबीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मत अन्तरले पराजित भए । सिंहले १० हजार ९ सय ३६ मत र मिश्रले १० हजार १ सय १८ मत पाए । बाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।
कांग्रेस नेता गगन थापा विजयी
यसैबीच, काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।
थापाले २१ हजार ५ सय ५८ मत पाए भने उनका प्रतिष्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।
जनार्दन शर्मा निर्वाचित
यसैबीच, रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।
हालसम्म घोषणा भएका मत परिणाम अनुसार सबैभन्दा बढी मतान्तरमा जित्ने शर्मा छन् । ५५ हजार ३ सय ८५ मत खसेकामा ५१ हजार ९ सय १५ मत सदर भएको छ भने तीन हजार चार सय ७० मत बदर भएको इकान्तिपुरमा खबर छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन