काठमाडौं । आशा गरिएका शीर्षस्थ नेताहरु यसपटकको निर्वाचनमा पराजित भएका छन् । प्राप्त विवरण अनुसार, मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।
पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।
उता, काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले १३ हजार ३ सय ०७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए ।
ताप्लेजुङबाट योगेश भट्टराई
एमाले नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले २९ हजार ४ सय ७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार केशवप्रसाद दाहाललाई पछि पार्दै भट्टराई विजयी भएका हुन् । दाहालले १६ हजार ८ सय ८८ मत पाएका छन् ।
प्रकाशमान सिंह विजयी, रबीन्द्र मिश्र पराजित
बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रबीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मत अन्तरले पराजित भए । सिंहले १० हजार ९ सय ३६ मत र मिश्रले १० हजार १ सय १८ मत पाए । बाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।
कांग्रेस नेता गगन थापा विजयी
यसैबीच, काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।
थापाले २१ हजार ५ सय ५८ मत पाए भने उनका प्रतिष्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।
जनार्दन शर्मा निर्वाचित
यसैबीच, रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।
हालसम्म घोषणा भएका मत परिणाम अनुसार सबैभन्दा बढी मतान्तरमा जित्ने शर्मा छन् । ५५ हजार ३ सय ८५ मत खसेकामा ५१ हजार ९ सय १५ मत सदर भएको छ भने तीन हजार चार सय ७० मत बदर भएको इकान्तिपुरमा खबर छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा