
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमनका क्रममा भक्तपुर क्षेत्र नं. २ अन्तर्गत मध्यपुर थिमि वडा नं. ३ कौशलटार मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २१ मंसिर – मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् ।
संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५.३० बजेदेखि यहाँको जिसस सभाहलमा शुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।
हलमा दुई भागमा मतगणना गर्ने गरी मतगणना स्थललाई तारजाली गरिएको छ । तारजालीभित्र गणकहरु र बाहिर दलका प्रतिनिधिहरुलाई राखिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।
धादिङ– यस जिल्लामा मतगणना आज साँझ ५ बजेदेखि शुरु भएको छ ।
यहाँ भिन्दाभिन्दै छ स्थानमा मतगणना सुरु गरिएको छ । तारजालीले घेरेर सुरक्षित बनाइएको मतगणना स्थलभित्र सुरक्षाकर्मी र कर्मचारीमात्र राखेर गणना गर्ने कार्य गरिएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले बताउनुभयो ।
धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदातामध्ये ७९ हजार ४२३ जनाले मत खसालेका थिए ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदातामध्ये ७६ हजार ९५० जनाले मतदान गरेका थिए ।
लमजुङ– लमजुङमा पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आज साँझ ५ बजेदेखि मत गणना शुरु गरिएको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाका लागि दुई समूह, प्रदेश सभा क र ख मा एक-एक समूह बनाई मतगणना गरिँदै छ ।
मतगणनामा कर्मचारीसहित राजनीतिक दलका एक-एक प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा कर्मचारी, दलका आधिकारिक प्रतिनिधि र सञ्चारकर्मीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।
लमजुङमा प्रतिनिधि सभा सदस्यका लागि ११ जना र दुई प्रदेशमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख १५ हजार ४४९ मतदाता रहेको यस जिल्लामा ७७ हजार तीनसय ४० मतदाताले मतदान गरेका थिए ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने