
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग बुधबार भेटवार्ता गर्दै युरोपियन युनियनका निर्वाचन पर्यवेक्षकहरु । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० मंसिर – नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उहाँकै निवास गोंगबुमा शिष्टाचार भेट गरयो ।
युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो ।
यसअघि सो प्रतिनिधिमण्डलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग आजै भेट गरेको र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्ने कार्यक्रम रहेको सो प्रतिनिधिमण्डलमा संलग्न सोनी राजभण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा प्रतिनिधिमण्डल प्रमुख गीलले समावेशी प्रजातन्त्र, मानवअधिकार र नेपालको पछिल्लो राजनीतिक स्थितिबारे जिज्ञासा राख्दै संसदीय मूलधारमा आइसकेको वाम गठबन्धन र नेपाली काँग्रेस पार्टीबीचको भिन्नताका बारेमा जानकारी माग्नुभएको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पालना भए-नभएको विषयमा ध्यानाकर्षण गर्दै गिलले निर्वाचनपछि चुनावी परिणाम र नेपालको भावी मार्गचित्रबारे जिज्ञासा राख्नुभयो ।
काँग्रेस नेता केसीले निर्वाचन आयोगलाई साधनस्रोत सम्पन्न गरी अझ जवाफदेही र विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना हुन नसकेको तथा सिद्धान्त र निष्ठाको राजनीति समाप्त हुन लागेको भनी चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले संसदीय व्यवस्था स्वीकार गरी निर्वाचन प्रक्रियामा समावेश भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले संवैधानिक व्यवस्था विपरीत अहिले राष्ट्रपतीय प्रणालीको वकालत गर्न थाल्नु राजनीतिक बेइमानी हो भन्नुभयो ।
काँग्रेस नेता केसीले वाम गठबन्धनसमेतको सक्रिय सहभागितामा ल्याइएको विद्यमान संविधानलाई कार्यान्वयन लानुपर्ने समयमा नेतृत्व तहबाटै राष्ट्रपतीय प्रणाली कायम गर्ने र आगामी ५० वर्षसम्म एकछत्र शासन गर्ने भनाइ आउन थाल्नु नेपाल र नेपालीको लागि दुर्भाग्य भएको पनि बताउनुभयो ।
लोकतन्त्र, मानवअधिकार, वाक् स्वतन्त्रताजस्ता विषयमा काँग्रेसले कहिल्यै कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले भन्नुभयो – ‘संक्रमणकालीन अवस्थाको अन्त्यसँगै विकास र समृद्धिका पक्षमा काँग्रेसले घोषणापत्र ल्याएको छ । देशभित्र लगानी अनुकूल वातावरण बनाउँदै स्वदेशी र विदेशी पूँजी आकर्षण गरी आमजनताको जीवनस्तर सुधार गर्न काँग्रेस संकल्पित छ ।’

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक