
मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन तयारी सम्बन्धमा सञ्चारकर्मीहरुलाई मंगलबार जानकारी दिनुहुँदै आयुक्त ईश्वरीप्रसाद पौड्याल । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १९ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
‘निर्वाचन सम्पन्न गराउन आवश्यक ६७ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगेको छ, दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन्, सबै कर्मचारी केन्द्रमा पुगी आजैदेखि परिचयपत्र वितरण पनि शुरु भएको छ’– उहाँले भन्नुभयो ।
मतदान केन्द्रमा पुगेका अधिकृतसहितका कर्मचारीले मतदान गर्ने योजना निर्माण, वृद्ध, महिलालगायत अशक्तलाई राख्ने स्थललगायतको व्यवस्थापनका काम पनि शुरु भएको आयोगले जनाएको छ ।
हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाइएको छ । मतदाता शिक्षा कार्यकर्ताले आजदेखि मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मत संकेत गर्न सिकाउन शुरु गरेका छन् ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन यस पटकको निर्वाचनमा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फको सक्कली मतपत्रकै नमुनालाई आयोगको वेबसाइटमा राखेर राजनीतिक दल, उम्मेदवार वा कार्यकर्तालाई सहजरुपमा उपलब्ध गराएको छ ।
दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी