
काठमाडौँ, १९ मंसिर (रासस) – नेपाली काँग्रेसले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा काँग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी दिए ।
काँग्रेसले पार्टीका विभिन्न तहका कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत पार्टीका आधिकारिक उम्मेदवारविरुद्धमा असहयोग गरेको पाइएमा यथाशीघ्र पार्टीको केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन गरेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा