
डडेल्धुराको अमरगढी नगरपालिकामा घरदैलो कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री एव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर- रोशन सापकोटा रासस
काठमाडौँ, १८ मंसिर (रासस)- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि आफ्नो पार्टीको पक्षमा मतदान गर्न अपिल गर्नुभएको छ ।
‘संविधान अन्तरर्गत कम्तीमा दुई वर्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन र त्यो प्रस्ताव तुहिएको एक वर्षसम्म फेरी अर्को प्रस्ताव ल्याउन मिल्दनै । त्यसैले, चुनावपछि नेपाली काँग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा र देशको विकास गर्ने निश्चित छ’–सभापति देउवाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले यही यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम चरणको चुनावले मुलुकमा लामो समयदेखि व्याप्त अन्योल, अस्थिरता र संक्रमणको अन्त्य हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
संविधानको कार्यान्वयनका लागि काँग्रेस – देउवा
डडेल्धुरा, १८ मंसिर – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले समग्र नेपालीको हक अधिकार सम्बोधन हुने गरी बनेको संविधानको कार्यान्वयनका लागि आफ्नो पार्टी विजयी हुनुपर्ने बताउनुभएको छ ।
चुनावी आम सभाका क्रममा नवदुर्गाको सकायलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफल भएपछि जनताले भोग्दै आएको बेरोजगारी, गरिबी निवारणका लागि औद्योगिक विकाससँगै विदेशी लगानी भित्र्याउने बताउनुभयो ।
उहाँले जलस्रोतको पनि नेपाल धनी देश भएकाले कर्णाली र पश्चिम सेती जलबिद्युत् परियोजना सञ्चालनका लागि चिनियाँ र भारतीय कम्पनीसँग सम्झौता भइसकेको छ भने पश्चिम सेतीलगायत अन्य परियोजना सञ्चालनका लागि आवश्यक पहल भइरहेको जनाउनुभयो ।
निर्वाचन पछि रोजगारीका अवसर सिर्जनासँगै गरिबी निवारणलगायत शिक्षा, स्वास्थ्य, सञ्चारलगायत समग्र विकासका लागि आन्तरिक र बाह्य लगानी भित्र्याई समृद्ध र सक्षम राष्ट्र निर्माण गरिने प्रधानमन्त्री देउवाले बताउनुभयो ।
वाम गठबन्धनका नाममा माओवादी एमालेले संविधान संशोधन गरी जनतालाई प्रदान गरिएका अधिकार खोस्ने दाबी गर्दै उहाँले कम्युनिष्टहरुले संविधान संशोधनको नारा लगाई अहिले संविधानमा उल्लेखित महिला, दलित, जनजाति, बालबालिका, अपांग भएकाका लागि दिइएका अधिकार पनि कटौती गर्दै एकतन्त्र आफू अनुकुल शासन लाद्न चाहन्छन् भन्नुभयो ।
प्रधानमन्त्री देउवाले आजै नवदुर्गाको बणबसन्तपुरमा पनि चुनावी आम सभालाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, कीर्तिपुर क्षेत्रमा घरदैलौ गरी मत पनि मागेका छन् । डडेल्धुरा सदरमुकाम नजिकका बजार र टोलहरुमा पुगेर प्रधानमन्त्री देउवाले काँग्रेस लोकतन्त्रको रक्षा र गरिब निमुखाका लागि चुनावमा हामिएको बताउनुभयो ।
यसैगरी आजै उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार