काठमाडौँ, १८ मंसिर (रासस) – गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ ।
आज काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदवार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी गराइएको आपराधिक घटनाको मन्त्रालयले कडा भत्र्सना गरेको छ ।
मन्त्रालयले त्यसअघि विभिन्न जिल्लामा घटाइएका उम्मेदवार लक्षित विस्फोटका घटनाको पनि भत्र्सना गरेको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । आज दिउँसो बूढानीलकण्ठ २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रमका क्रममा थापामाथि विस्फोट भएको थियो ।
मन्त्रालयले सबै सुरक्षा संयन्त्रलाई क्रियाशील गराइरहेको सन्दर्भमा भयरहित वातावरणमा उत्साहजनकरूपमा निर्वाचनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष क्रियाशील रहेकाले निर्वाचन विरोधी आपराधिक हर्कत नियन्त्रण गरी शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन कानुनबमोजिम कडा कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’- मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त