काठमाडौँ, १८ मंसिर (रासस) – गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ ।
आज काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदवार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी गराइएको आपराधिक घटनाको मन्त्रालयले कडा भत्र्सना गरेको छ ।
मन्त्रालयले त्यसअघि विभिन्न जिल्लामा घटाइएका उम्मेदवार लक्षित विस्फोटका घटनाको पनि भत्र्सना गरेको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । आज दिउँसो बूढानीलकण्ठ २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रमका क्रममा थापामाथि विस्फोट भएको थियो ।
मन्त्रालयले सबै सुरक्षा संयन्त्रलाई क्रियाशील गराइरहेको सन्दर्भमा भयरहित वातावरणमा उत्साहजनकरूपमा निर्वाचनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष क्रियाशील रहेकाले निर्वाचन विरोधी आपराधिक हर्कत नियन्त्रण गरी शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन कानुनबमोजिम कडा कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’- मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने