
बूढानीलकण्ठ नगरपालिका २ चपलीमा घरदैलो गरिरहेका बेला बम प्रहार भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि समर्थकका साथमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापा । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, १८ मंसिर – चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ ।
बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा चोट लागेको छ । बम प्रहारबाट छ जना काँग्रेस कार्यकर्ता पनि घाइते भएका छन् ।
घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
थापामाथिको आक्रमणको वाम गठबन्धनद्वारा निन्दा
वाम गठबन्धनले नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार थापामाथि आज भएको आक्रमणको भत्र्सना गरेको छ ।
गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ४ चुनाव प्रचारप्रसार समितिका संयोजक धर्मदत्त देवकोटा र सहसंयोजक सुन्दर पुर्कुटीले आज संयुक्त विज्ञप्ति जारी शान्तिपूर्ण मत माग्न गएका उम्मेदवारमाथि आक्रमण गरिनु कायरताको उपज भएको बताउनुभएको हो । सोही क्षेत्रका थापामा प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार डा राजन भट्टराईले पनि आक्रमणको निन्दा गर्नुभएके छ । डा भट्टराई थापालाई भेट्न अस्पताल पुग्नुभएको थियो ।
गठबन्धनले थापा र अन्य घाइते नेता कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । गठबन्धनले भनेको छ- ‘आज बूढानीलकण्ठ– २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रम गरिरहेका नेता थापा र केही कार्यकर्ता आक्रमणमा परी घाइते भएकामा हामी दुःखी भएका छौँ, हामी यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछौँ साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’ ।
घटनाको छानविन गर्न थापाको माग
नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापाले बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा आज भएको घटनाले सुरक्षाको संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको हुँदा सरकारले घटनाको छानविनको माग गर्नुभएको छ ।
आज दिउँसो घाइते हुनुभएका उहाँ उपचारपछि काठमाडौँ क्षेत्र नं ४ द्वारा सिफलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता युवा नेता थापाले सरकारले सबै नागरिकलाई आश्वस्त गराउन सक्नुपर्छ भन्नुभयो ।
‘हिंसाको राजनीतिलाई प्रसय दिनुहुँदैन, संविधान निर्माणपछिको यात्रामा नेपालमा हिंसाको छाया पनि पर्न दिनौँ भनेर संकल्प गर्नुपर्ने आवश्यक छ, म त्यसका निम्ति सबैमा आह्वान गर्न चाहन्छु’–थापाले भन्नुभयो ।
नेता थापाले संविधानसभामा आफूले आफ्नोतर्फबाट इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको बताउँदै भोलिका दिनमा पनि प्रतिनिधिका रूपमा संसद्मा काम गर्ने मौका पाएका खण्डमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अबको पाँच वर्ष सांसद भएर काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यका विषयमा काम गर्ने उहाँको भनाइ छ ।
बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेकाबेला अज्ञात समूहले आज थापालाई केन्द्रित गरी बम प्रहार गरेको थियो । थापाको टाउको र कम्मरमा चोट लागेको छ । वाम गठन्धनलगायत विभिन्न संघसंगठनले थापा माथि भएको आक्रमणको भत्र्सनासमेत गरेका छन् ।
बम पड्काउने दुलोका मुसा हुन् – खनाल
मंगलबारे, इलाम, १८ मंसिर- नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले बम आतंक फैलाउनेलाई मुसाको संज्ञा दिनुभएको छ ।
फिक्कलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुलोभित्र बसेर सकेट बम जस्तो कागजी बम पड्काई नेता र जनताको ज्यान लिएर क्रान्ति सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो- ‘तिमीहरू कुनामा बस्ने मुसाभन्दा केही पनि हैनौ । दुलोभित्र बसेर मानिसहरूलाई तर्साउने, नेताहरूलाई तर्साउने कुनै व्यक्तिको ज्यान लिएर कस्तो क्रान्ति हुन्छ ?’
प्रतिनिधिसभा सदस्य उम्मेदवार खनालले अर्को प्रसङ्गमा साझा बस, बाँसबाँरी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, चिया बगान, वीरगञ्ज कृषि औजार कारखानाजस्ता उद्योग र संस्थान निजीकरणमा नाममा कांग्रेस सरकारले कौडीको मूल्यमा बेचेको आरोप लगाउँदै समाजवाद स्थापनाका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते