रत्ननगर, चितवन, १६ मंसिर (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धन गरिएकाले शंका नगर्न आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस लगायत दलले गठबन्धनबारे अनर्गल प्रचार गरेको उल्लेख गर्दै चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष दाहालले बलियो गठबन्धन गरेर अघि बढ्न काँग्रेसलाई समेत सुझाव दिनुभयो ।
भरतपुर महानगरपालिका–९ दराई टोलमा आज अपराह्न भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धन एउटै कम्युनिष्ट केन्द्र बनाउने र विकास गर्ने गरी अघि बढेका प्रष्ट पार्नुभयो । दुई वटा शक्तिका बीचमा प्रतिष्पर्धा हुनु देशका लागि फाइदाजनक हुने अध्यक्ष दाहालको भनाइ थियो ।
अहिलेको वाम एकता देशको विकास, स्थायित्व र राष्ट्रको समृद्धिका लागि भएको भन्दै उहाँले त्यसमा सबैको साथ पाउने आशा व्यक्त गर्नुभयो ।
अहिलेको अवस्थामा मतदाता सचेत भैसकेको र किनवेचको राजनीतिमा कोही पनि नफस्ने जिकिर गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट सरकारकै पालामा वृद्धभत्ताको शुरुआत गरिएजस्तै अन्य कल्याणकारी काममा पनि वाम गठबन्धन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो क्रममा राप्रपा प्रजातान्त्रिक तथा नेपाली काँग्रेसलगायत विभिन्न दल परित्याग गरी आएका करिब २०० जनालाई उहाँले पार्टीमा प्रवेश गराउनुभएको थियो । आजै उहाँले भरतपुरमा वाम गठबन्धनको दलित प्रतिनिधिको छलफल कार्यक्रममा सहभागी हुँदै हरेक क्षेत्रबाट गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा