
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार अछामको साँफेबगरमा आयाजित चुनावीसभामा फूलमालाले स्वागत गर्दै । तस्बिर – रोशन सापकोटा, रासस
धनगढी, १५ मंसिर ९- प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस् ।’
निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।’
कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उहाँले दृढता व्यक्त गर्नुभयो । उहाँले निर्धक्क भएर मतदान गर्न सबैसँग आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले आजै अछाम र डोटीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आग्रह
धनगढी, १५ मंसिर- प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति काँग्रेसलाई चुनावमा सघाउन आग्रह गर्नु भएको छ ।
नेपाली काँग्रेसले आज डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रमा मात्र जनता देशका मालिक हुन्छन्, जनतालाई मालिक बनाउने पार्टी नै काँग्रेस हो ।”
जनताको ठूलो त्याग र बलिदानबाट बनेको समावेशी संविधानलाई कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको जिकिर गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘एक दलीय तानाशाही व्यवस्थामा जनताको हक अधिकार नहुने मात्र नभई डर त्रासमुक्त समाज हुन सक्दैन ।’ उहाँले सुदूरपश्चिमबाट आफू प्रधानमन्त्री भएमा यस क्षेत्रका बासिन्दाले विकासका लागि आफुसँग झगडा गर्ने हक अधिकार रहेको उल्लेख गर्नुभयो ।
संविधानको सफल कार्यान्वयन, विकास र समृद्धिका लागि पनि काँग्रेसले चुनावमा जित्नु पर्ने उहाँको भनाइ थियो । ७ नं प्रदेशको विकासमा ठूलो महत्व राख्ने पश्चिम सेती परियोजना निर्माणका लागि चीनको एक कम्पनीसँग सम्झौता भइसकेको उल्लेख गर्दै उहाँले खप्तडलाई पर्यटकीय क्षेत्र बनाउन र यस क्षेत्रमा सडक र कृषि क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताउनु भयो ।
प्रधानमन्त्रीले आज डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा भएका छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गर्नु भएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन