
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाली काँग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर – विजयकुमार महतो, पर्सा, रासस
सर्लाही, १४ मंसिर – प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ ।
काँग्रेस सर्लाहीद्वारा आज सदरमुकाम मलंगवामा आयोजित आमसभामा उहाँले काँग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले २००७ सालदेखिको मुलुकमा भएको हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएका बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न र मुलुकको समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
‘सम्पूर्ण मधेशी जनताको अधिकार सुनिश्चितताका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन्’, उहाँले भन्नुभयो- ‘नेपाल सबै जातजाती र भाषाभाषीको साझा मुलुक हो, त्यसैले सबै नेपालीको हकअधिकार, स्वाभिमान र सम्मानको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्छ ।’
प्रधानमन्त्री देउवाले पहाडी–मधेशी वा अरु कुनै बहानामा मुलुक विखण्डन गर्न खोज्नेलाई हैन, सबै जातजाति र भाषाभाषीको नेपाल बनाउने काँग्रेसलाई रोज्न आग्रह गर्नुभयो ।
एमाले सधैं मधेश र मधेशी जनताको विरोधी पार्टी रहेकाले काँग्रेसका उम्मेदवारलाई विजय गराउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन जरुरी
हेटौँडा, १४ मंसिर – प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनले जितेमा विकासनिर्माणसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा उल्लेख्य काम गरेर देखाउने बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनको जित लोकतन्त्र रक्षाको लागि भएकाले पनि सुनिश्चित गर्न मतदातालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वाम गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने भएकाले पनि तपाईँहरुले लोकतन्त्र रक्षाको लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनैपर्ने भएको छ ।’
कार्यक्रममा उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार कमल थापाले अन्य दलले वर्षौंदेखि जितेर पनि जनताको सुःख दुःखमा साथ नदिएको भन्दै यस पटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताउनुभयो ।
उहाँले आफूले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनःसहयोगका लागि आग्रह गर्नुभयो । उहाँले अब लोकतान्त्रिक गठबन्धनबाट जितेर गएका जनप्रतिनिधिसँग मिलेर उल्लेख्य काम प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका नेता बालकृष्ण खाँणले मकवानपुरले इन्द्रबहादुर बानियाँलाई जिताए काँग्रेस प्रदेशको मुख्यमन्त्री बनाउन पहल गर्ने बताउँदै मतदातासँग मत माग्नुभयो ।
उद्योगपति विनोद चौधरीले लोकतान्त्रिक गठबन्धनले विकासनिर्माणमा मुख्य भूमिका खेल्ने भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो । काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना), प्रदेशसभा क्षेत्र नं २ (क) का उम्मेदवार यतिराज सापकोटा, (ख) का उम्मेदवार बानियाँलगायतले मन्तव्य दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त