काठमाडौँ, १४ मंसिर – सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारले मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ ।
रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका बस्नेतले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले नारायणघाट–मुग्लीन सडक खण्डअन्तर्गत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाल चेम्बर अफ कमर्शको छैटौँ विधान स्वीकृत गर्नुका साथै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको कार्यावधि थप गर्ने निर्णय भएको छ । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय भएको छ’– प्रवक्ता बस्नेतले भन्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त