
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उदयपुरको उदयपुरगढी गाउँपालिका–६ को दनुवारवेसीमा बुधबार बम विष्फोटमा घाइते भई उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, १४ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने ।
प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भन्नुभयो- ‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिनुभयो । बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्ष्य गरी भएको एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिनुभयो ।
विस्फोट हुँदा उम्मेदवार कार्की, काँग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जीप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते हुनुभएको थियो । घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा