
सप्तरीमा प्रेसरकुकर बम बिष्फोट गराउने तथा हतियारसहित पक्राउ परेका तिन जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै । तस्वीर – अरुण कुमार यादव, राजविराज, रासस
काठमाडौँ, १३ मंसिर – राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनका क्रममा भएका घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र भयरहित वातावरणको सिर्जना गरी निर्वाचन सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले निर्वाचनको प्रचारप्रसार, आमसभा गर्दा अन्य व्यक्तिको मानवअधिकारको सम्मान गर्न, संयमित र शान्तिपूर्णरूपमा निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकारका साथै सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
यही मंसिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विस्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मुत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले मृतकका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
ललितपुरको लगनखेलमा आमसभा नजिकै विस्फोट भएको, उदयपुरमा एम्बुसमा परी उम्मेदवारसहित गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचारसमेत भइरहेको, मोरङ, झापा, बारा, महोत्तरी, सप्तरी, ललितपुर, भक्तपुर, नवलपरासी र गुल्मीलगायतका जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, झडप भएको पाइएको र उम्मेदवारका घरमा विस्फोट गराइएको पाइएको भन्दै आयोगले ती घटनाको भत्र्सना गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती