
सप्तरीमा प्रेसरकुकर बम बिष्फोट गराउने तथा हतियारसहित पक्राउ परेका तिन जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै । तस्वीर – अरुण कुमार यादव, राजविराज, रासस
काठमाडौँ, १३ मंसिर – राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनका क्रममा भएका घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र भयरहित वातावरणको सिर्जना गरी निर्वाचन सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले निर्वाचनको प्रचारप्रसार, आमसभा गर्दा अन्य व्यक्तिको मानवअधिकारको सम्मान गर्न, संयमित र शान्तिपूर्णरूपमा निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकारका साथै सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
यही मंसिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विस्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मुत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले मृतकका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
ललितपुरको लगनखेलमा आमसभा नजिकै विस्फोट भएको, उदयपुरमा एम्बुसमा परी उम्मेदवारसहित गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचारसमेत भइरहेको, मोरङ, झापा, बारा, महोत्तरी, सप्तरी, ललितपुर, भक्तपुर, नवलपरासी र गुल्मीलगायतका जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, झडप भएको पाइएको र उम्मेदवारका घरमा विस्फोट गराइएको पाइएको भन्दै आयोगले ती घटनाको भत्र्सना गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे