
काठमाडौं, १३ मंसिर – नेकपा (एमाले) ले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ ।
एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गर्दै निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गर्नुभएको हो ।
साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारसँग आग्रह गरिएको छ ।
पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा केही दिनयता सुरक्षाकर्मीको ज्यानै जाने र उम्मेदवार आफैँ घाइते बन्नेजस्ता अत्यन्तै दुःखद् घटना घट्न पुगेको बताइएको छ ।
एमालेले सरकारले उम्मेदवारलगायत निर्वाचन सुरक्षा व्यवस्थामा उचित ध्यान दिन नसक्दा यस्ता दुःखद् घटना घटनुका साथै जनतालाई आतंकित पार्ने क्रियाकलाप बढिरहेको जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]