लन्डन । बेलायतमा यतिखेर सांगीतिक कार्यक्रम गर्ने होड चलिरहंदा नेपाली चलचित्र प्रदर्शनको अवस्था भने नाजुक पाइएको छ । फिल्म प्रदर्शनमा दर्शक उपस्थिति न्यून भएर आयोजकले आफ्नै पकेटबाट हल भाडा तिर्नुपरेको गुनासो बढेका छन् ।
मंगलबार बेलायतस्थित एकजना पुराना कलाकार मनिषकुमार श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, ‘दुई महिना भित्र तीन वटा फिल्म देखाइयो । एउटाले पनि हल भाडासम्म उठाउन सकेन, दुःख लाग्यो ।’
प्रवासमा रहेर पनि कलाकारितालाई निरन्तर अंगालिरहेका अभिनेता तथा निर्माता मनिषले दुई महिना अवधिमा चलचित्र ‘दर्पण छायां-२’, ‘किङ’ र ‘दुई रुपैयां’ प्रदर्शन गरेका थिए । तर, बिडम्बना ति फिल्म हेर्न हलसम्म दर्शक नआइदिएर निर्माताले हल भाडा समेत आफ्नै पकेटबाट बेहोरे ।
उलवीचस्थित ट्राम्समेड थिएटरको सिट क्षमता करिब दुई सय छ । तर, सस्तो टिकट शुल्क राखेर समुदायका धेरै नेपालीलाई एक एक गरि निमन्त्रणा गरेपनि फिल्म हेर्न मुश्किलले करिब २० जना दर्शकमात्र आएको तीतो अनुभव श्रेष्ठको छ । लन्डनको साउथ इष्ट क्षेत्रमा नेपालीको उल्लेख्य बसोवास छ । ‘नेपाली चलचित्र प्राथमिकतामा नै परेनन् । सायद फिल्मवीथ फ्रि मिल डिल राखिदिएको भए मान्छे आउंथे कि’, श्रेष्ठले व्यंग्यात्मक शैलीमा भने ।
त्यसो त नायिका प्रियंका कार्की आफैं सहभागी हाइ बजेट भनिएको फिल्म ‘हयाप्पी डेज’को हालै अल्डरसटमा गरिएको रेट कार्पेट प्रिमियर शोमा समेत दर्शक औंलाले गन्न सकिन्थ्यो । भिआइपी पास बांडेर पनि हल भर्न मुश्किल भएपछि निर्माता निराश देखिन्थे । त्यस्तै केही समय अघि नायक ध्रुव दत्तले ‘तीन घुम्ती’ को लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा गरेको प्रदर्शनमा दर्शक दर्जन पनि थिएनन् ।
यी केही उदाहरणले नेपाली फिल्म प्रदर्शन बेलायतमा घाटाको व्यापार हो भन्ने प्रमाणित गरिदिएको छ । विश्व बजारमा प्रतिस्पर्धात्मक रुपमा नेपाली फिल्म उत्रन खोजिरहेको बताइएपनि हालैका असफल प्रदर्शनले चलचित्र विकास र नेपाली दर्शकको मनस्थिति परिवर्तन हुन अझै केही वर्ष लाग्ने देखिन्छ ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]