सिमिकोट, १२ मंसिर (रासस) – तारा एयरको विमान दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विमानका क्याप्टेनद्वय वसन्त लामा र अनुप गुरुङ, विमान परिचारिका श्रेया श्रेष्ठ तथा प्रहरी सहायक निरीक्षक यामप्रसाद दाहाललाई थप उपचारका लागि तार एयरकै अर्को विमानबाट नेपालगन्ज पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । दुर्घटनामा परेका अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त उक्त विमानमा चालक दलका तीनसहित १६ नेपाल प्रहरीका जवान सवार थिए । उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि खटिएर फकर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडान भर्ने क्रममा आज बिहान ९.४५ बजे तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान दुर्घटनामा परेको थियो ।
धावन मार्ग छाड्ने बेलामा विमानको बायाँपट्टिको टायर पञ्चर भएर नियन्त्रणमा ल्याउन नसक्दा जहाज दुर्घटनामा परेको बताइएको छ । धावनमार्गबाट तल झरेर बिजुलीको खम्बामा ठक्कर खाँदा विमानको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त भएको छ ।
नागरिक उड्डयन कार्यालयका अधिकृत भीमदत्त पन्तले दुर्घटनाका कारण पत्ता लगाउन केन्द्रबाट प्राविधिक टोली बुधबार सिमिकोट आउने जानकारी दिनुभयो । विमान दुर्घटनामा परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धार कार्य जुटेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा