
नेपाली काँग्रेस दाङले तुलसीपुरमा आयोजना गरेको चुनावी सभा नजिकै विष्फोटन हुँदा घाइते भएका विरामीहरु राप्ती अञ्चल अस्पतालमा उपचार हुँदै । उक्त बम विष्फोट बाट आठ जना घाइते भएका छन । तस्वीर – बालाराम खडका, रासस दाङ
काठमाडौँ, १२ मंसिर (रासस) – नेपाली काँग्रेसले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्षनेताहरु सम्मिलित दाङको तुलसीपुरमा आयोजित चुनावीसभालाई लक्षित गरी बम विस्फोट भएकोमा त्यसको निन्दा गरेको छ ।
सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीसहित आठजना घाइते भएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा लोकतन्त्रप्रतिको उर्लंदो अपार जनसागरबाट अत्तालिएर लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटना गराएको जनाइएको छ ।
नेता एवम् कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको उक्त क्रियाकलाप र आक्रमणप्रति निन्दा र भत्र्सना गर्दै काँग्रेसले घटनाले शान्तिपूर्ण एवम् निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन भएकाले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरिएको छ ।
उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत
भद्रपुर, १२ मंसिर – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताउनुभएको छ ।
झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा सोमबार राति अज्ञात समूहले बम विस्फोटन गराएपछि आज पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, ‘चुनाव बिथोल्ने समूहले देशभर नै जुन किसिमको बम विस्फोट गराउने कार्य गराइरहेको छ, त्यो कार्य गलत हो ।’
काँग्रेसबाट झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भन्नुभयो –’यो निर्वाचन जनता र संविधान कार्यान्वयनको पक्षमा रहेकोले यसलाई प्रभावित पार्ने सक्रिय समूहलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छ ।’
यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुन अब नौ दिन मात्र बाँकी रहँदा काँग्रेसले चुनाव प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
चुनाव प्रचारप्रसारअन्तर्गत काँग्रेसले क्षेत्र नं २ प्रदेशसभा (ख) अन्तर्गत अर्जुनधारा–१ स्थित सिस्ने–मंगलबारे र बुद्धशान्तिको तामामझुवा र बुद्धशान्ति–२ पूलचोकमा कोणसभा सम्पन्न गरेको जनाएको छ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने