तनहुँ, १२ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस साविक मिर्लुङ वडा कार्यसमिति (हाल भानु नगरपालिका–१२) द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो – ‘लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ । त्यसकारण लोकतन्त्रका पक्षधर काँग्रेसलाई भोट दिएर जिताउनु होस् ।’
वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभयो ।
नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
साविक नेका मिर्लुङ गाविसका सभापति चिरञ्जीवी ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेशसभाका उम्मेदवार गोविन्द भट्टराई, पूर्व सांसद रामचन्द्र पोख्रेल, समानुपातिक उम्मेदवार सरिता गुरुङ, लक्ष्मी आचार्यलगायतका वक्ताहरुले काँग्रेसको जितले मात्रै जनताको भलो हुने र विकास निमार्णले गति लिने बताउनुभएको थियो ।
प्रधानमन्त्री देउवा चुनावीसभामा कवितावाचन गर्दागर्दै हृदयाघात भई निधन भएका श्रीभक्त पण्डितको १३ दिनको श्रद्धाञ्जलिसभामा समेत सहभागी हुनु भई मृतकका आफन्तजनलाई सान्त्वना दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने