काठमाडौँ, मंसिर ११ – नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ ।
चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, नीति र कार्यक्रमबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक संजीव गौतमले निर्माणाधीन गौतमवुद्ध विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक बजेट निर्धारण गरिएको बताउनुभयो । यी विमानस्थल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् ।
यस्तै प्रधिकरणले धनगढी, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जका विमानस्थललाई स्तरोन्नति गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न हेलिप्याड निर्माणकार्य आरम्भ गरिने जनाएको छ ।
चालू वर्षका लागि कुल रु ४३ अर्ब ६६ करोड ५७ लाख आम्दानी र रु ४३ अर्ब ५९ करोड ६९ लाख खर्च गर्ने अनुमान गरेको प्रधिकरणले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा