
प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवा पाल्पाको रामपुरमा शनिबार आयोजित नेपाली कांग्रेसको बृहत चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर – शुसिला रेग्मी,रामपुर (पाल्पा) रासस
पाल्पा, ९ मंसिर – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने बताउनुभएका छ ।
रैनादेवी गाँउपालिका–५ कटौजेपानीमा काँग्रेसको आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले २००७ सालको राजनीतिक परिवर्तनदेखि मुलुकमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाट संघीय लोकतान्त्रिक संविधानको निमार्णजस्ता कार्यको नेतृत्व काँग्रेसले गरेको बताउँदै अबका दिनमा संविधान कार्यान्वयनका लागि र नेपाली जनतालाई समृद्ध बनाउन काँग्रेसको नेतृत्वविना सम्भव नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाल्पामा प्राविधिक विश्वविद्यालयको स्थापना र बुटवल पाल्पाको सडकको स्तरोन्नति तथा समग्र जिल्लाको विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार हरिप्रसाद नेपाल, काँग्रेसका जिल्ला सभापति तथा समानुपातिक उम्मेदवार वीरबहादुर रानालगायतले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने