
निर्वाचन आयोगका आयुक्तसहित नेपाल प्रहरीको संयुक्त टोलीद्वारा काठमाडौँको चावहिल क्षेत्रमा शुक्रबार निर्वाचन आचारसंहिता विपरीत विभिन्न पार्टीले टाँगेका निर्वाचन प्रचारप्रसारका झण्डा र व्यानरहरु निकालिँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ मंसिर – निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिताको काठमाण्डौंमा पालना के–कस्तो ढंगबाट भइरहेको छ भन्नेबारेमा आज अनुगमन गर्नुभएको छ ।
सो क्रममा चाबहिलको लामपोखरी, पशुपति मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिता विपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्ह अंकित तुल-ब्यानर प्रचारजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा उहाँ आफै संलग्न हुनुभयो ।
अनुगमनको क्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को टाँगिएका चुनाव चिन्ह अङ्कित तुल ब्यानर र उम्मेदवारको फोटो अंकित फलेक्स हटाइएको थियो ।
जनताको मनोविज्ञानमा दिग्भ्रमित हुनेगरी तथा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार भइरहेको छ भन्ने आम जनताको सिकायतका आधारमा निर्वाचन आयुक्त शाहसहितको टोलीले आज अनुगमन गरेको हो ।
टोलीले मीनभवनस्थित प्रयाग मार्ग, वसन्तुपर नजिक झोछेँ, न्यूरोडको पाको र रञ्जना गल्लीमा अस्वभाविकरुपले प्रदर्शन गरिएका निर्वाचन प्रचार सामग्री तत्काल हटाउन लगाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिनुभएको छ ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले यस्ता भद्दा खाले प्रचारप्रसारका सामग्रीको प्रदर्शनले मतदातालाई दीग्भ्रमित तुल्याउने भएकाले आयोगले तत्काल हटाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगको सरोकार भनेको मतदाता कुनै पनि किसिमले प्रभावित हुनुहुदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ, यो सभ्य नागरिकका लागि उपयुक्त देखिन्न ।’
निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्ने सन्दर्भमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै आयुक्त शाहले आचारसंहिताको पालना प्रचारप्रसारमा मात्र नभइ आमसभा र रयालीमा पनि देखिनुपर्दछ ।
निर्वाचन आचारसंहिता पालनामा अवज्ञा गरेको खण्डमा आयोगले आगामी दिनमा कठोर निर्णय लिनपछि नपर्ने पनि उहाँले बताउनुभयो । निर्वाचन आचारसंहिताले आचारसंहिता विपरितका झण्डा, तुल, ब्यानर सकडको एक छेउबाट अर्काे छेउसम्म टाँग्न निषेध गरेको छ ।
अनुगमनका क्रममा प्रमुख दलका उम्मेदवारबाट आचारसंहितको ठाडो उलंघन भएको पाइएको थियो ।
काठमाण्डौंलगायत उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रोचरण अन्तर्गत मंसिर २१ गते हुँदै छ । आयोगले आगामी दिनमा आचारसंहितको पालनाको विषयलाई निरन्तर निगरानी गर्ने जनाएको छ ।
टोलीमा निर्वाचन आयोगका सह न्यायाधीवक्ता गीता तिमिल्सिना, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी केदार शर्मा र काठमाडौँका प्रहरी प्रमुख रवीन्द्र धानुक सहभागी हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय