
निर्वाचन आयोगका आयुक्तसहित नेपाल प्रहरीको संयुक्त टोलीद्वारा काठमाडौँको चावहिल क्षेत्रमा शुक्रबार निर्वाचन आचारसंहिता विपरीत विभिन्न पार्टीले टाँगेका निर्वाचन प्रचारप्रसारका झण्डा र व्यानरहरु निकालिँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ मंसिर – निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिताको काठमाण्डौंमा पालना के–कस्तो ढंगबाट भइरहेको छ भन्नेबारेमा आज अनुगमन गर्नुभएको छ ।
सो क्रममा चाबहिलको लामपोखरी, पशुपति मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिता विपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्ह अंकित तुल-ब्यानर प्रचारजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा उहाँ आफै संलग्न हुनुभयो ।
अनुगमनको क्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को टाँगिएका चुनाव चिन्ह अङ्कित तुल ब्यानर र उम्मेदवारको फोटो अंकित फलेक्स हटाइएको थियो ।
जनताको मनोविज्ञानमा दिग्भ्रमित हुनेगरी तथा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार भइरहेको छ भन्ने आम जनताको सिकायतका आधारमा निर्वाचन आयुक्त शाहसहितको टोलीले आज अनुगमन गरेको हो ।
टोलीले मीनभवनस्थित प्रयाग मार्ग, वसन्तुपर नजिक झोछेँ, न्यूरोडको पाको र रञ्जना गल्लीमा अस्वभाविकरुपले प्रदर्शन गरिएका निर्वाचन प्रचार सामग्री तत्काल हटाउन लगाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिनुभएको छ ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले यस्ता भद्दा खाले प्रचारप्रसारका सामग्रीको प्रदर्शनले मतदातालाई दीग्भ्रमित तुल्याउने भएकाले आयोगले तत्काल हटाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगको सरोकार भनेको मतदाता कुनै पनि किसिमले प्रभावित हुनुहुदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ, यो सभ्य नागरिकका लागि उपयुक्त देखिन्न ।’
निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्ने सन्दर्भमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै आयुक्त शाहले आचारसंहिताको पालना प्रचारप्रसारमा मात्र नभइ आमसभा र रयालीमा पनि देखिनुपर्दछ ।
निर्वाचन आचारसंहिता पालनामा अवज्ञा गरेको खण्डमा आयोगले आगामी दिनमा कठोर निर्णय लिनपछि नपर्ने पनि उहाँले बताउनुभयो । निर्वाचन आचारसंहिताले आचारसंहिता विपरितका झण्डा, तुल, ब्यानर सकडको एक छेउबाट अर्काे छेउसम्म टाँग्न निषेध गरेको छ ।
अनुगमनका क्रममा प्रमुख दलका उम्मेदवारबाट आचारसंहितको ठाडो उलंघन भएको पाइएको थियो ।
काठमाण्डौंलगायत उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रोचरण अन्तर्गत मंसिर २१ गते हुँदै छ । आयोगले आगामी दिनमा आचारसंहितको पालनाको विषयलाई निरन्तर निगरानी गर्ने जनाएको छ ।
टोलीमा निर्वाचन आयोगका सह न्यायाधीवक्ता गीता तिमिल्सिना, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी केदार शर्मा र काठमाडौँका प्रहरी प्रमुख रवीन्द्र धानुक सहभागी हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण