
दाहाल शुक्रबारदेखि चुनावी अभियानमा
काठमाडौँ, ७ मंसिर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।
छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो ।
तिमिल्सेनाले भन्नुभयो, ‘उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।’
अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने बताउनुभयो ।
चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जानुहुने बताइएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति