पोखरा, ७ मंसिर (रासस) – नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रवीन्द्र अधिकारीले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एमाले र माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले पोखरामा खेलकुदका धेरै पूर्वाधार निर्माण गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमै चिनाउने गरी काम गरिने बताउनुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदार दीपक कोइरालाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने गरी काम गरिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं २ (ख) का उम्मेदवार राजकाजी गुरुङ, (क) का उम्मेदवार कृष्ण थापाले वामपन्थी सरकार बनेपछि योजनाबद्ध ढंगले खेलकुद क्षेत्रको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।
यसैबीच प्रतिनिधिसभाका क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले पोखरा–लेखनाथको पचभैयामा आज आयोजित चुनावी सभामा जनतालाई विकास र समृद्धि दिनका लागि वाम गठबन्धन बनेको धारणा व्यक्त गर्नुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने