पोखरा, ७ मंसिर (रासस) – नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रवीन्द्र अधिकारीले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एमाले र माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले पोखरामा खेलकुदका धेरै पूर्वाधार निर्माण गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमै चिनाउने गरी काम गरिने बताउनुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदार दीपक कोइरालाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने गरी काम गरिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं २ (ख) का उम्मेदवार राजकाजी गुरुङ, (क) का उम्मेदवार कृष्ण थापाले वामपन्थी सरकार बनेपछि योजनाबद्ध ढंगले खेलकुद क्षेत्रको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।
यसैबीच प्रतिनिधिसभाका क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले पोखरा–लेखनाथको पचभैयामा आज आयोजित चुनावी सभामा जनतालाई विकास र समृद्धि दिनका लागि वाम गठबन्धन बनेको धारणा व्यक्त गर्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा