
नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली तुलसीपुर दाङमा वामगठबन्धनले आयोजना गरेको जनसभा कार्यक्रममा सहभागी हुदै । तस्वीर- नारायणी रजौरे, रासस, दाङ
दाङ, ६ मंसिर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार भएको बताउनुभएको छ ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले आज घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो आवश्यकता पुरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।’
उहाँले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गर्नुभयो ।
कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन कम्युनिष्ट सरकार गठन हुने दाबी उहाँको थियो ।
उहाँले आफ्ना विचार जनताका माझ राख्न जनसभा गरेका बेला विप्लव माओवादीले गरेको बन्दलाई के गर्न खोजेको भनेर प्रतिप्रश्न समेत गर्नुभयो ।
एमालेको विकास नीति देखेर काँग्रेस आत्तियो- ओली
जितपुर, कपिलवस्तु, ६ मंसिर (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ ।
कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले चीन तिर जाने बाटो खोल्यो, अब नेपालका सामग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो अब कसैले बल्न नदिने अवस्था रहेन त्यसैले आत्तिएर सरकार ढालियो ।’

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने