लण्डन । इंग्ल्याण्डको पूर्वी क्षेत्र एसेक्समा गोरखा समुदायलाई लक्षित गरी लगातार डकैतीका घटना हुन थालेपछि स्थानीय सांसद र प्रहरीले चासो देखाएका छन् । बितेका पाँच महिनामा गोरखाहरुमाथि छ वटा यस्ता घटना भएपछि सो क्षेत्रकी सांसद केमी बाडेनोचलाई गोरखाहरुले भेटी आफ्ना समस्या अवगत गराएका छन् ।
सो क्षेत्रकी सांसद बाडेनोचले एसेक्स प्रहरीका उच्च अधिकृतहरुलाई भेटेर यस बारेमा ध्यानाकर्षण गराएको स्थानीय पत्रिकाले जनाएको छ । उनको सो कदमपछि प्रहरीले गोरखा समुदायलाई भेटी उनीहरुको सुरक्षाका बारेमा आस्वस्त पारेका छन् भने सो क्षेत्रमा गस्ती पनि बढाएका छन् ।
तीन साताअघि तीनजना चोरहरु बलजफ्ती एउटा फ्लाटमा पसी त्यहाँ रहेकी एक महिला र उनकी कलिली छोरीमाथि दुब्र्यबहार गरेका थिए । उनीहरुले चक्कु देखाउँदै सो घरबाट पासपोर्टहरु, नगद र गहनाहरु चोरेका थिए । आमा चाहिँ जसोतसो चोरहरुबाट फुत्केर चिच्याएपछि छिमेकीहरुले ‘अलार्म’ बजाउँदा चोरहरु भागेका थिए।
सबै घटनाहरुमा गरी करिब १० हजार पाउण्डभन्दा बढीको सामान र ठूलो मात्रामा नेपाली रुपियाँ चोरिएको बताइएको छ ।
चोरीका घटना एसेक्समा एसियन समुदायलाई लक्षित गरी भइरहेका चोरीका घटनासित सम्बन्धित रहेको जनाइएको छ ।
सासद बाडेनोचले चोरीका घटनाहरु हिँसात्मक हुँदै गएकाले परिवारको सुरक्षा स्वत चिन्ताको विषय भएको बताएकी छिन् ।
‘जो यस घटनामा पीडित छन् उनीहरुमध्ये अधिकांश महारानी र यस देशको लागि लडेका छन् उनीमाथि यस्तो हुँदा मलाई अफसोच छ’, उनले भनेकी छिन् ।
‘उनीहरुको ख्याल राख्नु हाम्रो कर्तब्य हो र म स्थानीय प्रहरीसित मिलेर उनीहरुलाई साफ्रोन बाल्डेन क्षेत्रमा सुरक्षित राख्न काम गर्नेछु’ उनले भनिन् । साँसद, स्थानीय प्रहरी र स्थानीय गोरखाहरुबीच आउने साताहरुमा बैठक बसी सुरक्षा प्रगतिको समीक्षा गर्ने र घटनाहरुको अनुसन्धानका बारेमा जानकारी गराउने बताइएको छ ।
गस्तीका अलाबा गुप्तचार प्रहरीको विशेष टोलीले एसियन समुदायको घरमा भएका सुन चोरीमा भएको साँघातिक पक्षका बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।
एसेक्स प्रहरीका प्रमुख सुपरिडेण्टेड एवेन विल्सनले गोरखा समुदायमाथि लक्षित गरी डकैती गरिएकोमा आक्रोश व्यक्त गरे ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]