बिहीबार, असोज ७ २०७८ | Thu, September 23, 2021
नेपालको समय: २१:४१ | UK Time: 16:56

सरकारले एडिबीको १५ अर्ब सहायता लिने

रासस
२०७४ मंसिर ६ गते १०:४३

तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, ६ मंसिर – मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि आजको बैठकले गरेको उनले बताए ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बुधबारको बैठकपछि नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकिकरणका लागि एसियाली विकास बैंक(एडिबि)बाट १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्विकार गर्ने निर्णय गरेको जानकारी दिंदै । तस्बिर – रोशन सापकोटा, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक