काठमाडौँ, ४ मंसिर (रासस) – स्थानीय तहको तीनै चरणका निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको निर्वाचनमा उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता प्रकट गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा ‘हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुरयाउने कुनै पनि प्रयासको निन्दा गर्छौं’ भनिएको छ ।
‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गर्दछौँ, हिंसाको डर त्रासविना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो’–विज्ञप्तिमा भनिएको छ ।
नेपालको कानुन र संविधानमा व्यवस्था भए बमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न पनि दूतावासले सबै पक्षसँग आग्रह गरेको छ ।
निर्वाचन राजनीतिक बहसको अवसर भएपनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त हुनुपर्ने दूतावासको भनाइ छ । सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।
शान्तिपूर्ण, समावेशी तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकार भएका निकायसँग सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ