
काठमाडौँ, ४ मंसिर – नेपाल एशोसिएसन अफ रयाफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ ।
गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ ।
नेपालमा खेलकुद पर्यटनको विकास र प्रवद्र्धन, साहसिक जलयात्रा पर्यटनको विकास, जलयात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जलखेलाडीको सीप र दक्षता वृद्धि, सहासिक पर्यटन उद्योगको विकास, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने र सहासिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
‘नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौँ’, कोषाध्यक्ष खनालले भन्नुभयो ।
हाल भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्याण्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइडहरू क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल पनि खेलाउने छन् ।
उक्त खेलमा ५०० जनाको सहभागिता रहने र प्रतियोगिताको चार वटै खेलमा क्रमशः प्रथमलाई रू एक लाख, दोस्रोलाई रू ५० हजार र तेस्रोलाई रू ३० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा