
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले डडेल्धुराको गन्यापधुरा कार्यपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै । तस्वीर – रोशन सापकोटा, रासस
डडेल्धुरा, २ मंसिर (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति ध्रुवीकरणतर्फ गइरहेको बताउनुभएको छ ।
गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको कैलपालमाण्डौमा आज आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनका नाममा नेपालमा लोकतन्त्र विरोधी शक्तिको जन्म भइरहेको बताउनुभयो ।
नेपाली जनता सधैँ लोकतन्त्रका पक्षमा रहिआएकाले लोकतन्त्र पक्षधर पार्टी काँग्रेस देशकै ठूलो पार्टी हुने दाबी गर्दै उहाँले कसैको डर, धम्कीमा नपरी निर्धक्क भएर मतदानमा संलग्न हुन सबैलाई अपिल गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भोलि डडेल्धुराका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार अजयमेरु गाउँपालिकाको समैजी, चमडा र भागेश्वर गाउँपालिकाको रुपाल, आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको लालढुंगा बजारमा आयोजित चुनावी सभालाई उहाँले सम्बोधन गर्नुहुने बताइएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा