
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले डडेल्धुराको गन्यापधुरा कार्यपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै । तस्वीर – रोशन सापकोटा, रासस
डडेल्धुरा, २ मंसिर (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति ध्रुवीकरणतर्फ गइरहेको बताउनुभएको छ ।
गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको कैलपालमाण्डौमा आज आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनका नाममा नेपालमा लोकतन्त्र विरोधी शक्तिको जन्म भइरहेको बताउनुभयो ।
नेपाली जनता सधैँ लोकतन्त्रका पक्षमा रहिआएकाले लोकतन्त्र पक्षधर पार्टी काँग्रेस देशकै ठूलो पार्टी हुने दाबी गर्दै उहाँले कसैको डर, धम्कीमा नपरी निर्धक्क भएर मतदानमा संलग्न हुन सबैलाई अपिल गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भोलि डडेल्धुराका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार अजयमेरु गाउँपालिकाको समैजी, चमडा र भागेश्वर गाउँपालिकाको रुपाल, आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको लालढुंगा बजारमा आयोजित चुनावी सभालाई उहाँले सम्बोधन गर्नुहुने बताइएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा