
झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै मालाबाट माल्यार्पण गरिदै । तस्विर- सुरेन्द्र भण्डारी रासस (सुरुङ्गा) झापा
सुरुङ्गा, झापा, २ मंसिर (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।
आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उहाँको भनाइ थियो ।
प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि उहाँले गर्नुभयो ।
विकास निर्माणले गति लेओस् – प्रचण्ड
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बलियो र स्थिर सरकार बन्न नसक्दा राष्ट्र र जनताका पक्षमा काम गर्न नसकिएको बताउनुभयो । उहाँले वाम गठबन्धनमार्फत राष्ट्रमा एउटा बलियो स्थिर सरकार बनोस् र त्यस्तो सरकारसँगै विकास निर्माणले गति लेयोस् भन्नुभयो । उहाँले भन्नुभयो – ‘म प्रधानमन्त्री हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।’
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता