
झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै मालाबाट माल्यार्पण गरिदै । तस्विर- सुरेन्द्र भण्डारी रासस (सुरुङ्गा) झापा
सुरुङ्गा, झापा, २ मंसिर (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।
आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उहाँको भनाइ थियो ।
प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि उहाँले गर्नुभयो ।
विकास निर्माणले गति लेओस् – प्रचण्ड
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बलियो र स्थिर सरकार बन्न नसक्दा राष्ट्र र जनताका पक्षमा काम गर्न नसकिएको बताउनुभयो । उहाँले वाम गठबन्धनमार्फत राष्ट्रमा एउटा बलियो स्थिर सरकार बनोस् र त्यस्तो सरकारसँगै विकास निर्माणले गति लेयोस् भन्नुभयो । उहाँले भन्नुभयो – ‘म प्रधानमन्त्री हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।’
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार