
गोरखाको पालुङटारमा बामगठबन्धनले आयोजना गरेको चुनाबीसभामा सहभागी हुन हेलिकोप्टर चढेर आउनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्वीर – प्रशन्न पोखरेल, गोरखा/रासस
गोरखा, कात्तिक, २९ (रासस) – मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संयुक्त चुनावी सभाको आज गोरखाबाट प्रारम्भ गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलगत्तै देशमा कम्युनिष्ट शासन आउने र वामपन्थीहरूको बलियो स्थायी सरकार बन्ने बताउनुभयो ।
गोरखाको पालुङटारमा आज आयोजित चुनावीसभामा अध्यक्ष ओलीले भन्नुभयो, ‘चुनावपछि नेपालमा कम्युनिष्ट शासन आयो, आयो । काँग्रेस ढल्यो, बूढो रुख ढल्यो, ढल्यो ।’
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका ओलीले भन्नुभयो, ‘बूढो रुखमा आड लागेर शिशा राखेको प्लाष्टिकको आँखा बोकेर केही गर्न सकिँदैन । विकास र समृद्धि ल्याउन सकिँदैन ।’
अध्यक्ष ओलीले आउँदो पुसमा वामपन्थीको सरकार बन्ने दाबी पनि गर्नुभयो ।
नेता ओलीले गोरखा २ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओबादी नेता नारायणकाजी श्रेष्ठले जित्ने बताउनुभयो र भट्टराईप्रति ब्यङ्ग गर्दै भन्नुभयो, ‘करकलोलाई बन्चरो लगाउनुपर्दैन ।’
बाबुरामसँग भोट माग्ने नैतिक अधिकार छैन – प्रचण्ड

गोरखाको पालुङटारमा बामगठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन हेलिकोप्टरबाट आएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत । तस्वीर – प्रशन्न पोखरेल, गोरखा/रासस
पालुङटारमा वाम गठबन्धनले गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गोरखामा वाम गठबन्धनका उम्मेदवारले चुनाव जित्ने दाबी गर्नुभयो ।
उहाँले गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले जनतासँग भोट माग्ने अधिकार नराख्ने दाहालले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवन ३ र गोरखा २ मा नेपाली कांग्रेसका साथीहरूले माओवादीका उम्मेदवारलाई सहयोग गर्नुपर्छ किनभने गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति प्रक्रियाको टुंगो लगाउन भन्नुभएको थियो । त्यो पूरा गर्न पनि कांग्रेसले हलो र आँखालाई होइन हँसिया हथौडामा भोट हाल्नुपर्छ ।’
यसैबीच, वाम गठबन्धनले आज भच्चेक, घैरुङ र आरुघाटमा बृहत चुनावीसभा सम्पन्न गरेको छ ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन