
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नलाई मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै प्रहरी । प्रहरीद्वारा पक्राउ परेका केही हत्याराहरु नुवाकोटका राजिव स्याङ्तान, सविजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश वुढाथोकी । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २८ कात्तिक (रासस) – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी छन् ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त, अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापागरी आठजना अझै फरार रहेको जानकारी दिनभयो ।
फरार रहेका मध्ये रोशन बुढाथोकी र अजय थापा नेपाली सेनाका भगौडा सिपाही रहेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै पक्राउ परेका प्रकाश बुढाथोकी घटनाका योजनाकार समिरमानसिंह बस्नेतका आफन्त रहेको र उनैले नेपाल बाहिर रहेका बस्नेतको निर्देशनमा नेपालभित्र काम गरेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले नायब प्रहरी महानिरीक्षक गणेश केसीको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । सोही टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सो समूहले गौचनसँग रकम माग गरेको र नपाएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको नायब महानिरीक्षक केसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै निर्माण व्यवसायीबाट एकमुष्ठ रकम जम्मा गरेर बुझाउन पटक-पटक व्यवसायी गौचनलाई दबाब दिइएको रहेछ, गौचनले त्यो नमानेपछि हत्या गरेको देखिन्छ ।’
पक्राउ परेका महतोले हत्यामा प्रयोग भएको मोटरसाइकल भारतको वेतियाबाट रु १८ हजारमा ल्याई सन्तोष गुरुङलाई २४ हजारमा बेचेको र हत्याको समयमा बा.३५ प.२४६१ नम्बर राखी प्रयोग गरेको, शिबजी महतोले भारतकै वेतियाबाट रु ५५ हजारमा हतियार खरिद गरी ६५ हजारमा गुरुङलाई बेचेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
घटनामा दुई वटा गोली प्रहार भएको र दुवै गोली फरक-फरक हतियारबाट प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पुरयाइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीले सबै अभियुक्त पक्राउ परिनसकेको र अनुसन्धान जारी रहेकाले घटनसँग सम्बन्धित सबै विषय अझै स्पष्ट नभइसकेको जनाएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने