काठमाडौँ, २५ कात्तिक – पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्ष अघि उहाँको श्रीमती र एक छोराको निधन भएको थियो ।
काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण