लन्डन । बेलायतको फोकस्टोनस्थित गोर्खा मेमोरियल फण्डले झापा जिल्लाको काकरभिट्टा उच्च माध्यमिक विद्यालयलाई ३१ वटा कम्प्युटर उपलब्ध गराउनुकासाथै एउटा कम्प्युटर कक्ष पनि बनाइदिएको छ । फण्डले विद्यालयकालागि एउटा उर्जा केन्द्र र सिसिटिभी सुरक्षा प्रणाली पनि जडान गरीदिन लागेको फण्डका अध्यक्ष तथा भूतपूर्व काउन्सिलर धन गुरुङले बताए ।
सो परियोजनाकालागि २० हजार पाउण्ड (झण्डै २७ लाख रुपिया) सहयोग संकलन गरिएको थियो । सो विद्यालय र फोक्सटोनस्थित मार्टेलो स्कूलका विद्यार्थीहरुबीच भिडियो कन्फरेन्समार्फत छलफल पनि भएको थियो ।
एकहजार विद्यार्थीसहित झण्डै दुई हजार सहभागी एक विशेष कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले गोर्खा मेमोरियल फण्डका अध्यक्ष गुरुङलाई भव्य स्वागत गर्दै फण्डको सहयोगप्रति आभार व्यक्त गरेका थिए । गुरुङले ग्रामीण भेगमा अवस्थित विद्यालयमा कम्प्युटरसहित सूचना प्रविधिको पहुंच आफैंमा महत्वाकांक्षी प्रोजेक्ट भएको बताउंदै विद्यार्थी यसबाट लाभान्वित हुने अपेक्षा व्यक्त गरे । यसअघि विद्यार्थीलाई कम्प्युटर-इन्टरनेट प्रयोगका लागि झण्डै एकसय माइल टाढा पुग्नुपर्ने वाध्यता थियो ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न