काठमाडौँ, २२ कात्तिक (रासस) – जुनसुकै समाजको दिगो सामाजिक आर्थिक विकासको बाधक भ्रष्टाचार नै रहेको र यो स्थायित्व र सुरक्षाका निम्ति विश्वभर प्रमुख चुनौती बनेको बताउँदै नेपालले त्यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
अष्ट्रियाको राजधानी भिएनामा जारी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको अभिसन्धिसम्बन्धी सातौँ सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको त्यस्तो नीति सुनाएको हो ।
उक्त अभिसन्धिको पक्षराष्ट्र रहेका १५५ देशका प्रतिनिधिमाझ नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले भ्रष्टाचार नियन्त्रण गर्न नेपाल सरकारले अंगिकार गरेका कानूनी नीति तथा उपायबारे जानकारी गराउनुभएको भिएनास्थित स्थायी नेपाली नियोगले आज जनाएको छ ।
यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भिएनास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी हुनुहुन्छ । साथै सम्मेलनमा अन्तर्राष्ट्रिय संघसंगठन र गैरसरकारी संघसंगठनका प्रतिनिधि रहेका पनि उक्त नियोगले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा