काठमाडौँ, २२ कात्तिक (रासस) – जुनसुकै समाजको दिगो सामाजिक आर्थिक विकासको बाधक भ्रष्टाचार नै रहेको र यो स्थायित्व र सुरक्षाका निम्ति विश्वभर प्रमुख चुनौती बनेको बताउँदै नेपालले त्यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
अष्ट्रियाको राजधानी भिएनामा जारी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको अभिसन्धिसम्बन्धी सातौँ सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको त्यस्तो नीति सुनाएको हो ।
उक्त अभिसन्धिको पक्षराष्ट्र रहेका १५५ देशका प्रतिनिधिमाझ नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले भ्रष्टाचार नियन्त्रण गर्न नेपाल सरकारले अंगिकार गरेका कानूनी नीति तथा उपायबारे जानकारी गराउनुभएको भिएनास्थित स्थायी नेपाली नियोगले आज जनाएको छ ।
यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भिएनास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी हुनुहुन्छ । साथै सम्मेलनमा अन्तर्राष्ट्रिय संघसंगठन र गैरसरकारी संघसंगठनका प्रतिनिधि रहेका पनि उक्त नियोगले जनाएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा