
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार धनुषाको जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुनेक्रममा विमानस्थल पुग्नुहुँदा स्वागत गरिँदै । तस्बिर – रोशन सापकोटा, रासस
जनकपुरधाम, २२ कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताउनुभएको छ ।
नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ ।’
जनकपुरधाम र मधेसको विकासका सवालमा कांग्रेस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।’
नेकाका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताउनुभयो । कार्यक्रम जिल्ला सभापति रामसरोज यादवको अध्यक्षतामा भएको थियो ।
जनकपुरधाममा आज एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिवलिङ्ग बनाई पूजन महायज्ञ गरी नयाँ कीर्ति कायम गरिएको छ ।
विश्वमै पहिलो पटक एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिव पूजनको कीर्ति कायम गर्न देश र विदेशका लाखौं आस्थावान्को जनकपुरधाममा आगमन भएको थियो ।
प्राकृतिक विपद्बाट रक्षा तथा सुख, शान्ति, कल्याण र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले जनकपुधामको बाह्र विघा (रङ्गभूमि मैदान )सो महायज्ञको आयोजना गरिएको थियो ।
पार्थिव शिवलिङ्ग बनाउने कार्यमा भारतको प्रसिद्ध शिवतीर्थस्थल बाबाधाम जाने नेपाल र भारतका आठ हजारभन्दा अधिक आस्थावान्को सहभागिता रहेको थियो ।
सो कीर्ति कायम गर्न बाह्र विघामा दुई लाख वर्ग फिटको पण्डाल र एक सय आठ कुण्ड निर्माण गरिएको थियो ।
मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिएको सो महायज्ञमा भारतको सिमरियाबाट एक टयाङ्कर गंगाजल र दुई ट्रक फूलको व्यवस्थापन गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम सबैका लागि प्रेरक भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सबै धर्मको सम्मान र रक्षा आजको आवश्यकता भएको पनि बताउनुभयो ।
परिवारका अध्यक्ष ललन ठाकुरले आठ हजारभन्दा अधिक आस्थावान्द्वारा बनाइएको एक करोड ७५ लाख पार्थिव शिवलिङ्गको एक हजार एक सय बाह्मणद्वारा एकै चोटि एकै समयमा वैदिक विधानअनुसार पूजन गरिएको बताउनुभयो ।
मूल व्यवस्थापन समितिका अध्यक्ष डा. अभयकान्त मिश्रले १४ वर्षअघि जनकपुरधामको रत्नसागर मन्दिरमा एक लाख महादेवको पूजा गर्ने बेलामा नै एक करोड महादेवको पूजा गराउने सङ्कल्प लिइएको प्रसंग उल्लेख गर्नुभयो ।
त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहका लागि स्वयम्बरको आयोजना बाह्र विघामै गराउनुभएको र स्वयम्बरमा शिव धनुष नै राखिएको र सोही स्थलमा कोटी पार्थिव शिव पूजनको संकल्प सार्थक भएको बताइएको छ ।
पार्थिव शिवलिङ्ग बनाउन पण्डालमा समूहगत रूपमा व्यवस्थापन गरी सोका लागि चाहिने माटो जनकपुरधामकै प्रयोग गरिएको थियो । शिव हवनमा २१ क्विन्टल अक्षता, आठ क्विन्टल तिल, चार क्विन्टल जौ र चार क्विन्टल घीउको व्यवस्था गरिएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने