
राष्ट्रिय प्रजातान्त्रीक पार्टी (प्रजातान्त्रिक)को घोषणापत्र बुधबार राजधानीमा सार्वजनिक गर्दै अध्यक्ष पशुपति शमशेर जबरा । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, २२ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले मुलुकको सनातन धर्मसंस्कृति, मूल्यमान्यता तथा परम्परागत संस्थालाई समेट्ने भएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरिएको घोषणापत्रमा परम्परागत संस्थाको अर्थलाई प्रष्ट नपारिएको भए पनि सबै धर्मकाबीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रलाई नेपाली पहिचानका रुपमा लिइएको छ ।
सवल राष्ट्रियता, सुदृढ प्रजातन्त्र र नेपाली जनताको सम्मान, परम्परागत शक्तिको सम्मानसहितको बहुलवादी लोकतन्त्र, गरिबी र भ्रष्टाचारमुक्त, समृद्धिशाली र सुशासनयुक्त लोककल्याणकारी पहिचानलाई प्राथमिकतामा राखिएको छ ।
घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिका रुपमा मान्यता दिँदै उहाँको जन्मदिन पुस २७ गते प्रत्येक वर्ष नेपालको राष्ट्रिय एकता दिवस मनाउने विषय पनि उल्लेख गरिएको छ । सार्वभौमिकता र राष्ट्रिय सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने र प्रदेशका सांस्कृतिक सम्पदाको संरक्षण एवं विकासका लागि प्रत्येक प्रदेशमा संस्कृति प्रवर्धन प्रतिष्ठान खोलिने उल्लेख छ ।
मानव संशाधनको विकासमा विशेष जोड दिई कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत यस क्षेत्रमा खर्च गरिनेछ । वित्तीय, बीमा, धितोपत्र र सहकारी क्षेत्रको विकास गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
शिक्षा क्षेत्रको विकासका लागि राष्ट्रिय शिक्षा सुधार उच्चस्तरीय आयोग गठन गरिने र नेपाली अंग्रेजीबाहेक तेस्रो एक भाषा कक्षा १ देखि १० सम्म अनिवार्यरुपमा पठन पाठनको व्यवस्था गरिनेछ । स्वास्थ्य क्षेत्रको विकास गर्न प्रत्येक गाउँपालिकामा २५ श्ययासम्मका र नगरपालिकामा ५० श्ययासम्मका अस्पताल स्थापना गरिनेछ ।
कृषि, औद्योगिक र सेवामूलक व्यवसायमा आगामी पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना गरिनेछ । प्रदेश सरकार र केन्द्र सरकार सरकारअन्तर्गत निजामती सेवा, प्रहरी सेनाका साथै शिक्षण र अध्यापनका क्षेत्रमा थप पाँच लाख रोजगारीका अवसर सिर्जना गरिने घोषणापत्रमा उल्लेख छ । महिला सशक्तीकरण, अल्पसंख्यकको सुरक्षाको व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा आसन्न चुनावका माध्यमबाट प्रतिनिधिसभा र प्रदेशसभाको गुणात्मक अभिवृद्धिले संघीय लोकतन्त्र सुदृढ हुने बताउँदै हिन्दू राष्ट्र र परम्परागत शक्तिलाई स्थापित गर्नका लागि आफ्नो दललाई मतदान गर्न जनतालाई आग्रह गर्नुभयो ।
उहाँले पार्टीले लिएका आदर्शलाई स्थापित नगर्दासम्म अहिलेको संविधानमा आलोचनात्मक समर्थन रहने प्रष्ट पार्नुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन