
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार नेपालका लागि युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण टोलीले शिष्टचार भेट गर्दै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २० कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि युरोपेली संघको मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोब्कोले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराइले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख पर्यवेक्षक जोब्कोले निर्वाचनको तयारी र निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि प्रधानमन्त्री देउवाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
उहाँले निर्वाचनमा आफूहरुले प्रभावकारी रुपमा पर्यवेक्षण गर्ने र निर्वाचनमा देखेको कुरा सुझावका रुपमा सरकारलाई बुझाउने जानकारी गराउनुभएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले आफूहरु सबै दलको सहमतिमा मुलुकमा लोकतान्त्रिक प्रक्रिया संस्थागत गर्न लागेको भन्दै निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न हुने बताउनुभएको थियो ।
आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि म्यानमाका राजदूत ल्विन ओले बिदाइ भेट गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच दुई मुलुकको आपसी सम्बन्ध र हितका बारेमा कुरा भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले राजदूत ओलाई सफल कार्यकालका लागि बधाई दिनुभएको थियो । राजदूत ल्विन ओ नेपालका लागि राजदूतका कार्यकाल समाप्त गरी स्वदेश फर्कदै हुनुहुन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा